Logo

मुनाल सहकारीको चौधौं वार्षिक साधारण सभा

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका छन् ।
सो अवसरमा बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्नेमा जोड दिए । मन्त्री बुढाले अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सहकारीहरूले आफ्ना सेयर सदस्यलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्ने बताए ।
साधारण सभामा सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाइलार्ई वर्षभरि उत्कृष्ट वित्तीय कारोबार गरेबापत संस्थाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै सेयर सदस्य कमल पाइजालाई उत्कृष्ट कर्जा उपभोगकर्ताको रूपमा सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी रितेश जिसीलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।
संस्थाको हालको सेयर पुँजी ५ करोड ३९ लाख ७६ हजार ७ सय रूपैयाँ, निक्षेप १५ करोड ८९ लाख ८ हजार ७ सय ३८ रहेको र सेयर सदस्यमा लगानी १८ करोड ८९ लाख ५३ हजार ८ सय ४४ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्