दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बिमाबापतको रकम प्रदान गरेको छ ।
मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ ।
मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश–१ का प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।
न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत उपलब्ध गराउन ग्राहकका लागि यो योजना ल्याएको बैंकले जनाएको छ ।