मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा

मञ्जुश्री फाइनान्सले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका संस्थापक अध्यक्ष तथा अमेरिकाका लागि नेपालका राजदूत दामोदरप्रसाद गौतम र फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् ।
भदौ मसान्तसम्म फाइनान्सले एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको जनाएको छ । फाइनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरी १०.८८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको पनि जनाएको छ ।
यसका साथै यस फाइनान्सले विप्रेषण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको जनाएको छ ।