लक्ष्मी बैंकको शाखा बागलुङको गल्कोटमा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।
यस शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने प्रतिवद्धता पनि जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।