कामना सेवाको कार्डमा इ–कमर्श सुविधा

कामना सेवा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा इ–कमर्श सुविधा समावेश गरेको छ ।
कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाइनमार्फत सामान सरिद गरी आफ्नो इ–कमर्श सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले १० असोजदेखि यो सुविधा लागू गरेको जनाएको छ ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो कार्डमार्फत यो सुविधा नजिकैको शाखामार्फत लिन सक्ने बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ ।