राजस्व परामर्श विकास समिति खारेज «

राजस्व परामर्श विकास समिति खारेज

sf7df8f}+, !* df3 . ;~rf/ tyf ;”rgfk|ljlwdGqL 1fg]G›axfb’/ sfsL{ dªunaf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf] lg0f{o ;fj{hlgs ub}{ . t:jL/ M rG›snf If]qL, /f;;

सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै केचना कञ्चनजंघा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरिएको बताए ।
मन्त्रिपरिषद्ले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ । “कास्की जिल्लास्थित करुवा सेती जलविद्युत् आयोजना (३२ मेगावाट) निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र गोरखा जिल्लास्थित मध्य सुपर दरौँदी खोला जलविद्युत् आयोजना (१० मेगावाट) निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको छ,” सरकारका प्रवक्ता कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्