Logo

ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्छ: पशुपतिशमशेर जबरा

Rastriya Prajatantra Party Chairman Pashupati Shamsher Jung Bahadur Rana speaking at a programme in kathmandu, on Wednesday, September 28, 2016. Photo: RSS

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले नेपालीहरू सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरूको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताए । नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिबद्धता जनाए ।
उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो । यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो । धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धि गरेको थिएँ । यत्तिका वर्ष त्यो थन्कियो । यो पाली त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ । हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ । अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्तरुप दिनेछाँै । यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन । अब यो मुलुकलाई उज्योलो दिनुपर्छ ।’
उनले देशलाई अब राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गरे । उनले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्