Logo

ख्वप फुटसल टुर्नामेन्ट आजबाट सुरु

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ ।
फुटसल टुर्नामेन्टको सुरुवात गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलिनुपर्नेमा जोड दिँदै विद्यार्थीहरुले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्छ भन्न
भने ।
खेलमा हार जीत स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ सजग पार्दै उहाँले विद्यार्थीलाई खेलाडीका रूपमा हेर्न पाउँदा निकै हर्षित अनुभव भएको बताए ।
त्यस्तै कार्यक्रममा पत्रकार समाज नेपालका उपाध्यक्ष उद्धव सुजखूले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नपाको उद्देश्य छिटै पूरा हुनेछ भन्दै ख्वप कलेजको ख्याति देशभर बढिरहेको छ भने ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्