ब्याडमिन्टन प्रतियोगिताले जोडेको आत्मीयता

कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत वडा नम्बर ७ मा रहेको कबर्ड हलमा घटस्थापना दिनको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएको थियो । हलभित्र उल्लेख्य मानिसहरूको उपस्थितिसँगै कसैले दसैंको शुभकामना आदानप्रदान गरिरहेका देखिन्थे भने कसैले जितको पनि शुभकामना दिँदै गरेका देखिन्थे । अर्को महŒवपूर्ण कुरा त कागेश्वरी मनोहरा नगरपालिकाभित्र विभिन्न व्यवसायमा रहनुभएका विभिन्न पेसाकर्मी, राजनीतिकर्मी, स्थानीय बुद्धिजीवी, नगर विकासका लागि दिनरात अहोरात्र खटिने जनप्रतिनिधि, सामाजिक व्यक्तित्वलगायतको उल्लेख्य उपस्थितिसँगै ‘खेल खेलौं स्वस्थ रहौं’ भन्ने मूल नारासहित यस प्रतियागिताको माध्यमबाट एकआपसमा दाजुभाइबीच मित्रता कायम, एकता कायम हुनुका साथै भाइचारा सम्बन्ध विस्तार गर्नु पनि मुख्य उद्देश्य रहेको थियो । उल्लेख्य मानिसहरूको उपस्थितिसँगै धेरै हर्ष उल्लासले हल नै तातेको थियो ।
घनामंगल युथ फोरम फर सोसाइटीको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा सो ब्याडमिन्टन प्रतियोगिता भएको थियो । घनामंगल युथ फोरम फर सोसाइटीले विगत लामो समयदेखि निरन्तर सामाजिक कार्यहरू गर्दै विकास निर्माणको कामले पनि समाज परिवर्तनमा निकै महŒवपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । त्यसको फलस्वरूप खेलकुदको माध्यमबाट पनि अझ दाजुभाइबीच आत्मीय सम्बन्ध कायम गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । गएको वर्ष पनि आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता आज पनि कागेश्वरी मनोहरा नगरपालिकासँग सहकार्य गरी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता भएको छ । यस प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिने, खेल खेलौं स्वस्थ रहौं भन्ने सन्देश दिने, स्थानीय युवावर्ग खेलप्रेमीहरूबीच भाइचारा सम्बन्ध कायम होस् भन्ने मूल उद्देश्यले घनामंगल युथ फोरम फर सोसाइटी र कागेश्वरी मनोहरा नगरपालिकाले एउटा पुलको काम गरेको छ । प्रतियोगितामा नगरप्रमुख कार्कीले उपस्थित सबैलाई दसैंको शुभकामना प्रदान गर्नुहुँदै नगरपालिकाभित्र रहेका खेलकुद प्रतियोगिताहरूलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखिसकेको र सोहीअनुसार कार्ययोजनामा गएर अगाडि बढिसकेको पनि बताउनुभयो ।
त्यस्तै वडा नं ७ का वडा अध्यक्ष भीमसेन थापाले पनि बिभिन्न पेसा–व्यवसायमा रहेका मानिसहरूलाई शुभकामना आदानप्रदान, आपसी सद्भाव व्यक्त गरेअनुरूप यसले सकारात्मक सन्देश दिने बताए । त्यस्तैगरी कागेश्वरी मनोहरा नगरपालिकाको कानुनी सल्लाहकार विश्वनाथ खनालले प्रतियोगिताहरूको नाम सुनाउँदै खुलामा २६ जना टिम, भेट्रानमा ११ जना टिम र महिलामा तीनवटा टिम गरी ४१ वटा टिमको सहभागिता रहेको र प्रतियोगिता असोज १५ गते शनिबारसम्म रहने कुरा जनकारी गराउनुभयो । उहाँले खेलपे्रमी दाजुभाइ तथा दिदीबहिनी तथा नगरवासी सबैलाई दसैंको शुभकामना पनि दिनुभयो ।
घनामंगल युथ फोरम फर सोसाइटीका अध्यक्ष भीमसेन न्यौपानेले योभन्दा अघिल्लो वर्ष वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको र यसपालि नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो भने नगरपालिकाभित्र रहेका विभिन्न व्यापार–व्यवसायमा रहेका युवाहरूलाई एउटै सूत्रमा बाँधी एकता कायम गरी आत्मीयता कायम गर्नु पनि मुख्य उद्देश्य हो । त्यस्तैगरी सोसाइटीकै सचिव शेखर सिग्देलले पनि गत वर्षको खेल प्रतियोगिताले सबैलाई समेट्न सफल भएको र सबैको चौतर्फी सुझावपछि यस्तो प्रतियोगिता निरन्तर हुनुपर्छ भन्ने हेतुले नागरपालिकासँग सहकार्य गर्दै आज नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेका छौं । यस प्रतियोगिताले सबैप्रति सद्भाव कायम राख्नुका साथै खेल खेलौं स्वस्थ रहौं भन्ने पनि हाम्रो उद्देश्य हो । हामीले नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दा नगरभित्र रहेका खेलपे्रमी सबैलाई समेट्न सकियोस् भन्ने उद्देश्य राख्दै सबैलाई दसैंको शुभकामना पनि दिनुभयो ।