सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ ।
विश्व पर्यटन दिवसको सान्दर्भिकता

विश्वभरि हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । यस वर्ष ४३ औं विश्व पर्यटन दिवस नेपाललगायत संसारभरि नै मनाइन्छ । यसरी हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटनको रूपमा अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन्, तर पर्यटनको अधिक सम्भावना हुँदाहँुदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको भने छैन । सर्वप्रथम पर्यटनको सुरुवात गर्नेमा मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुकलगायत, जसको अन्वेषण र भ्रमणले संसारमा संस्कार, सभ्यता र विकासको लहर फैलाएका थिए । तसर्थ उनीहरू पनि एक हिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउँको खोजखबर गर्न निस्केका थिए । उनीहरूले गर्दा नै हाल संसारलाई घुमभिर गर्नुपर्छ भन्ने भावनालाई उजागर गरेर थिए, जसले गर्दा आज आएर संसार भ्रमण क्रममा ज्ञानविज्ञानलगायत विभिन्न कुरा सिक्ने मौका मिलेको छ । अर्कातर्फ हेर्ने हो भने पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको सिर्जना, सार्वजनिक र व्यक्तिगत आयको स्रोत, सांस्कृतिक आदानप्रदान अनि राष्ट्रको छवि बढाउन सहयोग पुगेको छ । मूलत: सन् २०१८ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ रहेको र तिनको नेपालमा औसत बसाइ १२.४ दिन मात्र रहेको पाइन्छ । त्यसरी नै सन् २०१९ मा हवाई मार्गबाट ९ लाख ९५ हजार ८ सय ८४ जना पर्यटक आएका थिए भने सतह मार्गबाट भने २ लाख १ हजार ३ सय ७ जना गरी जम्माजम्मी ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यसमा पुरुषको संख्या ६ लाख २६ हजार ८ सय ६६ जना छ भने महिलाको संख्या ५ लाख ७० हजार ३ सय २५ रहेको छ । त्यस्तैगरी नेपालमा सन् २०२० मा भने विश्वव्यापी कोरोना महामारीको कारणले गर्दा देशमा आउने पर्यटकहरू ८१.६ प्रतिशतले घटेको तथ्यांकमा देखिन्छ, जसमा हवाईमार्गबाट १ लाख ८३ हजार १ सय ३० जना पर्यटक आएका थिए भने सतह मार्गबाट भने ४६ हजार ९ सय ५५ जना गरी जम्माजम्मी २ लाख ३० हजार ८५ जना पर्यटक आएको तथ्यांकले देखाएको छ । जसलाई प्रतिशतमा हेर्ने हो भने सन् २०१९ तुलनामा सन् २०२० मा ७६.७ प्रतिशतले कमी आएको तथ्यांकबाट स्पष्ट रूपमा देखिन्छ । यसमा पुरुष तथा महिला आगमनको संख्यालाई अवलोकन गर्ने हो भने सन् २०२० मा पुरुष १ लाख २४ हजार ४८ जना छन् भने महिला १ लाख ६ हजार ३७ जना रहेको छ । यसमा विभिन्न कारणले गर्दा सालाखाला नेपालको बसाइ भने सन् २०१९ मा १२.७ दिन थियो भने सन् २०२० मा भने १८.९ प्रतिशतले वृद्धि भई पर्यटकको नेपाल बसाइ १५.१ दिन भएको देखिन्छ ।
विश्वका विभिन्न मुलुकहरूमध्ये नेपालमा विदेशी पर्यटक आउने प्रमुख १० देशहरू यस प्रकार रहेका छन् । त्यसमा भारत १ लाख ६० हजार ८ सय ३२, चीन १ लाख ४ हजार ६ सय ६४, अमेरिका ७९ हजार १ सय ४६, बेलायत ५१ हजार ५८, श्रीलंका ४५ हजार ३ सय २१, थाइल्यान्ड ३९ हजार १ सय ५४, दक्षिण कोरिया ३४ हजार ३ सय १, अस्टे«लिया ३३ हजार ३ सय ७१, म्यानमार ३० हजार ८ सय ५२ र जर्मनीबाट २९ हजार ९ सय १८ पर्यटकहरू नेपाल आएका थिए । मुुलुकमा कहाँबाट कति पर्यटक आउँछन् भन्ने कुरालाई अवलोकन गर्दा सबैभन्दा बढी भारतबाट आउँछन् । तिनीहरूको मुख्य उद्देश्य भनेको धार्मिक स्थलको घुमघाम हुन्छ । त्यस्तैगरी दोस्रोमा धेरै पर्यटक आउने देश चीन हो ।
संसारको छानोको उपमाबाट प्रसिद्ध नेपालले सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरू खडा गर्न जरुरी छ । प्राकृतीक सम्पदाले हामी एकदमै धनी भए पनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्छ, त्यस्ता ठाउँमा सहज यातायातको साधन उपलब्ध हँुदैन, सहज बाटो छैन र त्यसमाथि ती ठाउँमा उचित होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध नहुनु अनि त्यसतर्फ हाम्रो ध्यान छिटै पुग्न जरुरी छ । अर्कातर्फ भने हाम्रा सांस्कृतिक धरोहरहरूको उचित स्याहार, सम्भार अनि भुइँचालोपछि भग्नावशेष र असुरक्षित बनेका यी शताब्दीयौं पुराना सभ्यताको बयान दिने धरोहरलाई आवश्यक सम्भार र उचित पुनर्निर्माण गर्न जरुरी छ । मुलुकका लागि आउँदो १५ वर्षभित्र २५ लाख पर्यटक आउने गन्तव्य राष्ट्र बनाउन सकियो भने हाम्रो विद्यमान आवश्यकता पर्यटन लक्ष्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ र त्यो लक्ष्य पूरा गर्न धेरै ठूलो प्रयास पनि आवश्यक छैन । हाम्रो उत्तरी छिमेकी चीनबाट र दक्षिणी छिमेकी भारतबाट विश्व भ्रमणमा निस्कने खर्चालु पर्यटकको १० प्रतिशतलाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने पर्याप्त हुन्छ । त्यसमा युरोप, अमेरिका र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको थप योगदान रहनेछ । देशको विदेशी मुद्रा आर्जनमा सहयोग पुर्याउँदै आएको उद्योगमा पर्यटन उद्योेगको लामो र विश्वसनीय आधार रहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत यो उद्योेगको प्रत्यक्ष र भरपर्दाे स्थानलाई कसैले नकार्न सक्दैन । देशमा रोजगारी सिर्जना गर्न होस् वा फरक संस्कृतिको आदान–प्रदानसहित अन्य सहउत्पादनका लागि अवसर उपलब्ध गराउन होस्, देशको पर्यटन क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्दै गरेको सर्वविदितै छ । अतिथिलाई देवता मान्ने नेपाली संस्कृतिको वास्तविक झलक पर्यटकको स्वागत सत्कारले दिलाउन सक्नुपर्छ ।
पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई हचचल गराइरहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । भनिन्छ, अतिथि देवो भव: अर्थात् पाहुना हाम्रा भगवान् हुन् । हाम्रो देश एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । यसरी यस व्यवसायका लाग्ने झन्डै १० लाख व्यक्तिहरूलाई असर पुर्याएको छ । यसमा सम्बन्धित क्षेत्रहरू नराम्रोसँग थला परेका छन् । फलत: एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारिक, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र भगवान् बुद्ध देशमा विश्वका हरेक देशबाट नेपालमा पर्यटकको घँुइरो लाग्ने गर्छ । यी विविध कारणले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतका रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतका रूपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा ३/४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रबल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ । अत: देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याका साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन । देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भिœयाउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन् कि हैनन्, तिनको खर्च गर्ने क्षमता के–कस्तो छ भन्ने विषयमा कमै मात्र ध्यान पुर्याइएकाले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन । यसमा दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपालजस्तो गन्तव्यले के आशा गर्ने ? अर्कातिर पर्यटकको बसाइ अवधि पनि बढाउन सकेका छैनौं ।
समग्रमा भन्नुपर्दा पर्यटन व्यवसाय वास्तवमा संसारको सबैभन्दा ठूलो अर्थ उपार्जन गर्ने उद्योग पनि हो । यसका साथसाथै पृथ्वीभरिका विभिन्न स्थानको सौन्दर्य र विविधता अवलोकन गर्न सक्नु नै अन्तर्राष्ट्रिय पर्यटन दिवसको महŒव झल्किनेछ । नेपाल पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटनलाई देशका विभिन्न स्थानमा अवलोकन गर्ने जस्तो महान् कार्यलाई कोरोना कहरले चकनाचुर बनाइदिएको छ । सो भ्रमण वर्षका लागि भनी कतिपय पर्यटन क्षेत्रका व्यवसायीहरूले गरेको लगानी बालुवामा पानी हालेजस्तो भयो । जबकि हाम्रो जस्तो देशमा पर्यटन सेलाउन पुग्नु भनेको राष्ट्रिय अर्थतन्त्रमा नराम्रोसँग धक्का लाग्नु हो । यी कुरालाई मध्यनजर राखेर सरकारले छिटोभन्दा छिटो पर्यटन व्यवसायलाई पहिलेकै स्थितिमा ल्याउनका लागि विभिन्न आर्थिक नीति तथा कार्यक्रमहरूलाई ल्याउनुपर्ने हुन्छ, जसले गर्दा यस व्यवसायलाई आवश्यक पर्ने सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक रूपमा जानकारी र छलफल गर्न मद्दत मिल्छ । अत: संघीय योजना आयोगले पनि विकासका लागि पाँचवटा मुख्य क्षेत्रहरूलाई औंल्याएको छ । यी क्षेत्रहरूमा पूर्वाधार, कृषि, मानव संसाधन, उद्योग र पर्यटन रहेका छन् । यसरी कछुवा गतिमा चलेको नेपालको पर्यटनलाई पानी र ऊर्जाको चुनौती झन्झन् थपिँदै गएको एकातिर छ । तर, अर्कातिर हेर्ने हो भने पर्यटकीय गन्तव्यमा वर्षैपिच्छे थपिँदै गएका स्रोत संरक्षणका चुनौतीप्रति भने हाम्रो अपेक्षित ध्यान जान सकेको छैन । यसरी नेपाल भ्रमणमा आएका पर्यटकहरूको संख्या, तिनको वृद्धिद्धर तथा बसाइ अवधिको विश्लेषण गर्दा सरदर बसाइ अवधिमा सामान्य ह्रास भई १२ दिन हुन आएको देखिन्छ । सर्वप्रथम नेपालले सन् १९९८ मा प्रथम भ्रमण वर्ष मनाएको थियो भने त्यस्तैगरी दोस्रो भ्रमण वर्ष २०११ मनाइयो । यी दुवै भ्रमण वर्षहरूमा राखिएको लक्ष्यअनुरूप प्रगति हुन सकेको थिएन । हाम्रो देशको आर्थिक उन्नतिका लागि पर्यटन विकास अपरिहार्य हो र यसलाई अघि बढाउन एकढिक्का भई सहभागिता पनि उत्तिकै खाँचोको महसुस गरिएको छ ।