Logo

कच्चा सुनको आपूर्ति बढाउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
बजारको मागको बेवास्ता गर्दै अतयन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरवारमा भेट गरी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको छ ।
सल्लाहकार सुवेदीले सो विषयमा सम्वन्धित निकायमार्फत पहलकदमी अगाडि बढाउने आस्वासन दिए । पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगत वर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्