Logo

चाडपर्व आएसँगै बजार अनुगमनमा सक्रियता

चाडपर्व नजिकिएसँगै बजार अनुमगनमा प्रशासनको सक्रियता बढेको छ । घरेलु तथा साना उद्योग मुख्य कार्यालय कार्यालय दोलखाको अगुवाइमा भएको बजार अनुगमनका क्रममा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्नलगायतका पसल र गोदममा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद गरेको छ भने व्यापारिलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा पेय पदार्थ, चाउचाउ, चिजबलमा सबैभन्दा बढी म्याद गुज्रेका सामान भेटिएको छ । म्याद गुज्रेका सामान बरामद गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाको नेतृत्वमा भएको बजार अनुगमनमा स्थानीय जनप्रतिनिधि समेत सहभागी थिए ।
दसैं जस्ता पर्वका बेला उपभोक्ताले खाद्यान्न र नयाँ कपडा लगाउने संस्कार भएकाले नयाँ लुगा खरिद हुन्छ । यस्तो बेला कुनै पनि सामानको अभाव पनि नहोस् र उपभोक्ता नठगिउन् भनेर अनुगमन बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्