टीभीएसको ‘कायापलट’ योजनामा लाखौँ नगदसहित उपहार

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको विशेष योजना ‘कायापलट’ अन्तर्गत ग्राहकले लाखौं रुपैयाँ जितेका छन् ।
योजना सार्वजनिक भएको एक महिना पनि नपुग्दै विराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि १० लाख नगद पुरस्कार जित्न सफल भएका छन् ।
साथै जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाएका छन् । कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरुले लाखौंको नगद उपहार पाएका छन् ।
‘कायापलट’ योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिन्छ ।
हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।
यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।