सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गरेको छ ।
साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।