Logo

पाटा आईडी तथा विश्व पर्यटन दिवस सम्पन्न

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले विश्व पर्यटन दिवसमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिंकिङ टुरिजम’ लाई आत्मसात् गर्दै संस्थाको ४७औं वार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक सञ्जाल बिस्तार, नेटवर्किङ अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू र मनोरञ्जन कार्यक्रम आयोजना गरिएको हो । पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा पाटा नेपाल च्याप्टरले ६ देखि ९ जुन २०२३ मा आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको छ ।
पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्टका तीनसफल संस्करणहरू आयोजना गरेको थियो । जुन विश्वव्यापी महामारी पश्चात पछिल्लो समयमा आयोजना हुन सकेको छैन । नेपालको पर्यटन व्यवसाय तथा गन्तव्य प्रवद्र्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेताहरू, हिमालयन बिक्रेताहरू, ट्राभल ब्लगरहरू, ट्राभल उद्योग व्यवसायीहरू र विश्वभरका प्रतिनिधिको उल्लेखनीय सहभागिता गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सीप आदान–प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्