कामना सेवाको डिजिटल बैकिङ प्रवद्र्धन कार्यक्रम «

कामना सेवाको डिजिटल बैकिङ प्रवद्र्धन कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपूर्ण जानकारीहरु प्रदान गरिएको थियो ।
बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्