Logo

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ

फिनटेक उद्योग एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो ।
उनी यसअघि एफवान ग्रुपअन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सीईओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए । आफ्नो नयाँ जिम्मेवारी संहाल्दै डाइरेक्टर श्रेष्ठले भने, “एफवानसफ्टअन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ।”
स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो ।
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।
एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ, भाइवर बैंकिङ लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्