Logo

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दसैं तिहार योजना’

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।
‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दि ए।
बम्पर उपहारमा गोला प्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणि तिमिल्सनाले जानकारी दिए । यस्तै, साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन् ।
६ असोजदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दसैँ तिहार योजना ३० कात्तिकसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्