नेवार समुदायको मौलिक ‘भैरव नाच’ «

नेवार समुदायको मौलिक ‘भैरव नाच’

श्री कृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औंसीसम्म नाचिने अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ नाचिन्छ ।
नाचका नर्तकहरू जो भैरवको स्वरूपमा हुन्छन् उनीहरूलाई भगवानको प्रतिकका रुपमा पूजा गरेर नाच्न सुरु गरिन्छ । यद्यपि, डंगिनीलाई पनि पूजा गरिन्छ । डंगिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ । तीनवटै भैरवहरू आफ्नो भूमिका अनुसारका रङमा ख्वाप: (खप्पर), कपडा, चअर (चौरी गाईंको पुच्छर), माला सहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिन्छ ।
भैरव नाच सात ताल (पटक) सम्म नाचिने नेवार समुदायको ऐतिहासिक एवंम् मौलिक ‘भैरव नाच’ तान्त्रिक विद्यामा निपूर्णहरूलाई विशेष गरी पाँचताल र छ तालमा भैरव उत्रिन्छ । काम्न सुरु हुन्छ, ताल सकिएपछि आफैं शान्त हुन्छन् । भैरव नाचको तान्त्रिक पूजाविधिमा गल्ती भए यसले क्षतिपनि पुर्‍याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुन्छन् ।
त्रान्त्रिक विधिबाट सुरु गरिने यो नाच रातको समयमा विशेष गरी सूर्य अस्ताएपछि सूर्योदय अघिसम्म स्थानीय चलन अनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ। कथंम कदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुपर्‍यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ। नाँचमा घोडचढी नाच, लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता छन् ।
नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ। जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजावा भेटी चढाउने परम्परा रहेको छ । अर्घाखाँचीको भैरव नाच स्थानीय चलन चल्तीमा जिल्ला भित्र मात्रै नभई छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा पनि नाच्ने गरिन्छ । रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि सुरु भयो त्यसको एकिन तथ्य नभएपनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता बसन्त श्रेष्ठले बताए।
नेवार समुदायमा भैरवको भाकल गर्ने चलनपनि छ। जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्