Logo

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा

नेपाललाई हिमालयन प्रवेशद्वारका रूपमा परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व सामु स्थापित गर्ने हिमालयन ट्राभल मार्ट यही जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने लागेको जानकारी पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले दिए । उनले यो मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्रान्डका रूपमा विकसित हँुदै गएको पनि बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो । मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणहरूको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको उनको भनाइ छ ।
क्रमशः ब्रान्डिङ हुँदै आइरहेको यो मार्टले नेपाली पर्यटन क्षेत्रकै शिरउच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको छ भन्दै उनले हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धेरै पर्यटन स्रोत बजारहरूवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको पनि बताए ।
शाक्यले हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरूकाबीच सञ्चाल विस्तार गर्न सहयोग पुगेको पनि बताए ।
हिमालयन राष्ट्रहरूबाट विक्रेताहरू तथा विश्वव्यापी क्रेताहरूलाई एउटै मञ्चमा भेला गराई उनीहरूबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्वारा यस बिजनेस–टु–बिजनेस मार्टको परिकल्पना गरिएको हो ।
यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्पापी क्रेता कम्पनीहरू र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्यान्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरू सहभागिता जनाउने भएका छन् । मार्टमा ३८ जना अन्तर्राष्टिण्य ट्रावल ब्लर्गस तथा मिडिया प्रतिनिधिहरूले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपालसहित ४३ देशका करिब ७०० जनाले मार्टमा सहभागिता जनाउने छन् ।
तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरू नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवं निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आशा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्