Logo

घरेलु, लैगिंक हिंसा पत्रसहित प्रत्येक घरमा प्रहरी

भेरी नगरपालिका–३ नयाँ बस्तीमा दुईजना प्रहरी बिहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाईंहरूका समस्या के छन् भन्दै सबै परिवारका सदस्यलाई पालैपालो प्रश्न गर्दा डाँगी परिवार अनौठो मान्दै सबै समस्य प्रहरीलाई सुनाउँछन् ।
प्रहरीले घरेलु ,लैंिगक हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यलाई हिंसा भनिन्छ भन्ने कुरा उल्लेख गरिएको पत्र उपलब्ध गराउँदै तपाईंको परिवारमा भएको सबै समस्या जानकारी गराउनुभएकोमा धन्यवाद दिँदै त्यहाँबाट बाहिरिन्छन् ।
त्यस्तै नलगाड नगरपालिका–७ स्थित नविन सिंंहको घरमा दिउँसो पानीको झरीसँगै पुगेको प्रहरीले सबैलाई नमस्कार गर्दै घरमा सबै सन्चै हुनुहुन्छ होला भन्दै घरेलु, लैगिंक हिंसासम्बन्धी जानकारी लेखेको पत्र दिएर सबै पढन आग्रह गर्छन् । नविनको परिवारको फोन नम्बर रजिस्टरमा टिप्दै परिवारमा भएको समस्या लिखित संकलन गरी पुन: नमस्कार गर्दै आफ्नो नम्बर छोडेर केही थप पछि समस्या भएमा फोन गरेर जानकारी गराउन आग्रहसमेत गर्दछन् ।
जिल्लाका सातवटा पालिकाका सबै घरमा पुगेर प्रहरीले फोन नम्बर, परिवार संख्या र घरमा भएको समस्याका विषयमा समेत सोधेर लिखित जानकारी हप्ता दिनदेखि लिन सुरु गरेको छ । प्रहरीले तत्काल केही समस्य नभए पनि पछि भैपरी आउने समस्यासमेत जानकारी गराउनका लागि फोन नम्बर छोड्दै फोन गर्न आग्रह गर्दै आएको छ । घरघरमा हुने घरेलु, लैगिंक हिंसाका विषयमा सचेतना जगाउँदै प्रहरीले समस्याको वर्गीकरणसमेत गर्न थालेको जाजरकोट प्रहरी प्रमुख (डीएसपी) सन्तोष निरौलाले जानकारी दिए ।
चुनावको समयमा समेत सबै घरमा नेता नपुग्ने अवस्थामा प्रहरीको उपस्थिति सबै घरमा हुँदा जनताले प्रहरी नै भरपर्दो सहयोगी भएको महसुस गर्न थालेका छन् । जनयुद्धको समयमा प्रहरी, प्रशासन भन्नेबित्तिकै सर्वसाधारणको बुझाइ फरक हुने गर्दथ्यो । शान्ति कालमा आएसँगै केही परिवर्तन भए पनि आफूसँग भएको समस्यका विषयमा प्रहरी चौकीमा नै जानुपर्छ भन्ने बुझाइका कारण खास समस्या प्रहरी सामु पुग्न नसकेकाले घरघरमा पुगेर प्रहरीले गुनासो लिखित रूपमा टिपेर लिएपछि राज्य भएको महसुस भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । प्रहरीले सबै गुनासो, फोन नम्बर र समस्या टिपेपछि त्यसको वर्गीकरण गरेर पालिका, वडा र प्रहरीमध्ये कसको भागमा उक्त समस्य पर्छ, उसैले समाधान खोज्नका लागि पहल सुरु गरिएको डीएसपी निरौलाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाहेक अन्य प्रहरी चौकीमा स्थायी फोन नम्बर नभएकाले सबै युनिटमा स्थायी फोन नम्बरसमेत उपलब्ध गराएको उनले जानकारी दिए । पालिकाको सहयोगमा उक्त काम गरिएको छ । एक हप्ताअघि जिल्लाका सबै पालिका प्रमुख र सरोकारवाला निकायको सहभागितामा जिल्लाका सबै ठाउँमा घरेलु, लैगिंक हिंसा विषयमा जानकारी लिनका लागि कामको सुरुवात गरिएको थियो ।
अधिकांश समस्यामा सरोकारवाला निकायको पहुँच नहुनु र सामाजिक बन्धनका कारण सबै कुरा खुल्न नसक्ने भएकाले यो अभियान सञ्चालन गर्नुपरेको नलगाड नगरपालिकाका पूर्वनगरप्रमुख टेकबहादुर रावलले बताए । ७७ जिल्लामध्ये जाजरकोटमा पहिलो पटक यो अभियान सञ्चालन गरिएको छ ।
समस्यलाई नजिकबाट बुभ्mन र समाधान निकाल्नका लागि यो अभियान सञ्चालन गरिएको हो । पहुँचवालाले मात्र सबै काम गर्न र न्याय पाउँछन् भन्ने बुझाइलाई गलत सावित गर्न यो अभियानले थप टेवा पुग्ने छ । जिल्लाभरिका सर्वसाधारणको अवस्था, पीडा र गुनासो एकै पटक केन्द्रित गरेर समाधानका उपाय र विधिसमेत खोजी गरिने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्