Logo

टुबोर्ग ओपनले ल्यायो भेकको साथमा नयाँ रिलिज ‘खोलांै रमेर’

नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध हुँदै आएको छ । टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्‍याउँदै आएको पहलको निरन्तरता हो ।
यो वर्षको टुबोर्ग ओपेन थिम ‘टेक द स्टेज’ अन्तर्गत, भेक र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरसिप सत्र प्राप्त गर्ने मौका पाए । उक्त मेन्टरसिप सत्रमा, जेसनले कलाकारलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए ।
लस् एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेकले टुबोर्ग ओपेन २०२२ का लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन् । टुबोर्ग ओपेनले आफ्नो ५औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरसिपमा भेकको नयाँ गीत ‘खोलौं रमेर’ को साथमा गरेको छ । उक्त गीतलाई दर्शकहरुले निकै रुचाएका छन् र युट््युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकबाट धेरै माया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्