Logo

टाटा मोटर्सको दसैं अफर

सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दसैंलक्षित अफर सार्वजनिक गरेको छ ।
दसैंको अवसरमा ’बडा पर्वको बडा अफर’ ल्याएको छ । उक्त अफरमा टाटाका गाडीहरू खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्याङ्कन प्राप्त गर्न सकिनेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
यसका साथै नि:शुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायत विशेष आर्कषणहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्