Logo

सन्राइज बैंकको १५औं वार्षिकोत्सव मनाइयो

सन्राइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल र्‍याली गरेको छ ।
‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित कार्यक्रम गैरिधारास्थित सन्राइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पु:न प्रधान कार्यालयमै आएर समापन भएको थियो ।
३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो । यसैगरी सन्राइज बैंकले रक्तदान कार्यक्रम समेत गरेको छ ।
विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको सन्राइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीएममार्फत सेवा प्रधान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्