भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा क्यासब्याक
भाटभटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखामा ९ देखि २२ असोजसम्म उपलब्ध हुनेछ ।
डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।
भाटभटेनीमा नेपाल पे क्यूआरको सेवा माछापुच्छ«े बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ । हल नेपाल पे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्र«े