Logo

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ सेवा

नेपाल एयरलाइन्सले दसैंको अवसरमा अनलाइनमार्फत टिकट बुकिङ सेवाको सुरुवात गरेको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागु हुने गरी सेवा सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालनमा आएसँगै यात्रुहरूले विश्वकको जुनसुकै ठाउँबाट पनि निगमको वेबसाइट (त्रिपल डब्लु डक नेपाल एयरलाइन्स डटकम डटएनपी) मा गरेर आफ्नो गन्तव्यका लागि अनलाइनबाट टिकट बुकिङ गर्न सक्नेछन् । दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा सेवा दिने निगमले बताएको छ ।
अनलाइन्स टिकट खुल्लामा आएसँगै यात्रुहरुलाई आफ्नो ठाउबाट सहजै रुपमा टिकट पाउन सक्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्