मंगलम पाइप्सको टेक्निसियन मिट सम्पन्न

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिटसम्पन्न गरेको छ ।
४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा सो कार्यकम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ ।
कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्ने मध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टिभी १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो ।
कार्यक्रम मामंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका हुन् ।