Logo

हिमाल दोलखा हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
ंंंंहाइड्रोपावर कम्पनीको हालको पुँजी एक अर्ब ६० करोडको प्रतिसेयर एक सय रुपैयाँका दरले अंकित एक कित्ता सेयरको ०.७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर निकाष्शन गर्ने छ ।
कम्पनीले इलाम नगरपालिका–९ र १० मा माई खोला साना जलविद्युत आयोजना र माई नगरपालिका –९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना हाइड्रोपावर सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्