‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट प्रमाणित

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट प्रमाणित भएको छ ।
सबै सरोकारवालाको डाटा सुरक्षा तथा सञ्चालनलाई आईएसओ २७००१ : २०१३ ले प्रमाणीकरण गरेको खल्तीले जनाएको छ । यस प्रमाणीकरण प्राप्त भएसँगै अब खल्तीको सञ्चय प्रक्रिया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ । आईएसओ २७००१ : २०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो ।
कम्पनीले भनेको छ, “यसले निजी तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ ।”