सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फरेन्सकोे पाचौं संस्करण चितवनको सौरहामा सम्पन्न गरेको छ ।
कम्पनीलाई कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरिएको छ ।
साथै आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीलाई विभिन्न ३१ विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ ।
आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवालाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीबीच प्रशासन सम्बन्धित रहेका विविध विषयमा छलफल भएको बताइएको छ ।