Logo

५ वर्षअघि हराएका श्रीमान खोजी गरिदिन साबित्राको आग्रह

स्वीडेनमा सञ्चालन भयको एनआरएन युरोपेली सम्मेलनमा एनआरएन बेल्जियमका पूर्वअध्यक्ष चित्र सुबेदी मञ्चमा बोलिरहँदा सबै मौन देखिन्थे ।
उनका कुरा सुनेर कतिपय भावुक पनि बनेका थिये। सुवेदीले बोल्दै गर्दा पछाडि पट्टी एकजना अधबैँसे व्यक्तिको फोटो पनि देखियो । चित्रले जब उनका बारेमा सबै बताउँदै गए तब मञ्चमा बसेर सुनेकी एन आर एन बेल्जियमकी सचिव सावित्रा गिरीले आफूलाई थाम्न सकिनन्। उनलाई असहय पीडा भयो।एकाएक उनको आँखाबाट आँसु खसिरहे,बोलीमा पीडा मिसिएर आयो।
नआओस् पनि किन्रु
विगत ५ वर्ष अघि जिवनसंगी कमल भारतीले घर छोडेर हिँडेपछि सुरुका धेरै दिन साबित्राकाआँखा ओभायनन्। धेरै रातहरु आँखा झिमिक्क नगरी बिते। खोजीका लागि धेरै ठाउँ प्रयास गरिन् । प्रहरीकोमा पनि गइन्। तर सबै प्रयास असफल नै रहे।
अन्तत: एनआरएनएमा आफ्नो दुखेसो पोखिन् र आफ्ना श्रीमान् खोजी गरिदिन सबैलाई आग्रह गरिन्। सावित्रा ले सुरुमा आफैं मञ्चमा गएर आग्रह गर्ने योजना मा थिइन् तर सकिनन्। पछि चित्रले उनको अपील लाई सबै समक्ष पढेर सुनाए।

२६ फेब्रुअरी २०१७ देखि हराइरहेका उनका श्रीमानको अहिलेसम्म कुनै अत्तपत्तो नै छैन। ुपरिवारलाई कहा जाने भन्ने कुनै जानाकारी नदिएर र मलाई नखोज्नु भनि म र छोरा छोरीलाई अलपत्र पारि हराउनु भएको छ।हामीले बेल्जियमको पुलिस लगायत अन्य संघ(संस्थाहरुलाई हारगुहार गर्दा पनि कुनै उपलब्धि नभएकोले यहाहरुलाई खोजि गर्नका लागी हार्दिक अपिल गर्छु,ु उनले अपील गरेकी छिन्।

सावित्रा गिरी र कमल भारती विगत लामो समय देखि बेल्जियमको ब्रुज सहरमा बस्दै आएका थिए। उनीहरूका दुई छोरी र एक छोरा छन्। ब्यबसायमा राम्रो जमेर बसेका कमल एकाएक हराउँदा यहाँ स्थित नेपाली समाजमा पनि सन्नाटा छाएको थियो। श्रीमान हराय पछि सवित्राले चलिरहेको ब्यबसाय बेचिन। लागेका ऋण सबै बिस्तारै तिर्दै गईन। धेरैले धेरै कुरा गरेपनि खोजीको लागि सावित्रा एक्लै आफूले भ्याए सम्म लागि परिन्। तर प्रगति केही भएन।

घर बाट हिँडे पछि कमल इटाली पुगेका थिए। भेनिस सहरमा रहेको होटल स्पाग्नामा मार्च १ तारीख २०१७ मा चेक इन भएका कमल एक रात बिताएको होटलले बताएको थियो। त्यस पछि उनको कुनै अत्तोपत्तो छैन।

प्रतिक्रिया दिनुहोस्