नेपाल टेलिकमको सेवा विस्तार गर्न गृहमन्त्रीको जोड

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल टेलिकमको सेवालाई निजी क्षेत्रको भन्दा स्तरीय बनाउनु पर्ने बताउँदै निजी टेलिफोन सेवाको सिम प्रयोग गर्ने नेपाल टेलिकम कर्मचारीलाई नेपाल टेलिकमको सिम र सेवा मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल टेलिकम वर्कर्स युनियन लुम्बिनी प्रदेशको १२ औं प्रादेशिक अबिधेशनको भैरहवामा उदघाटन गर्दै गृहमन्त्री खाँणले सो आग्रह गरेका हुन् । “अहिले सहर बजारमा भन्दा बाहीर ग्रामिण क्षेत्रमा नेपाल टेलिकमको सेवा सुस्त रहेको गुनासो आउछ” उनले भने, “टावर नसमात्ने, टावर खोज्न डाँडाकाँडा पुग्नु पर्ने बाध्यता छ, अन्य निजी कम्पनीका सेवा गाउँगाउँमा स्तरीय हुँदा हाम्रो सेवा किन गाउँ गाउमा पुग्न सकेन भन्ने प्रशन्को उत्तर खोज्ने बेला भयो ।”
जनतालाई सर्वसूलभ छिटो छरितो सेवा दिनुपर्ने भन्दै उनले विदेश जाँदा पनि सजिलै रोमिङ हुने बनाउन आग्ह गरे । गृहमन्त्री खाँणले आउने निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाल टेलिकमको सिम प्रयोग अनिवार्य गरीएकाले नेटवर्कको राम्रो व्यवस्था मिलाउन आग्रह गरे । उनले सरकारको स्वामित्व भएको नेपाल टेलिकम सबै नेपालीको लागि गौरवको कुरा भएको भन्दै गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बता्रए ।