Logo

पोखराको पुरानो टुँडिखेलमा दसैं मेला

पोखरा टुँडिखेलमा यस वर्ष दसैं मेला हुने भएको छ । फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्ण ‘उदासी’ ले बताए ।
मेलामा हिमाल पारीबाट आएका भेडा च्याङग्रादेखि दैनिक उपभोग्य वस्तु, दसैं पर्वमा आवश्यक पर्ने केही सामानहरुको समेत बिक्री वितरण हुने भएको छ । परम्परागत रुपमा दसैंको अवसरमा मनाइँदै आएको दसैं मेला यस वर्षदेखि पुन: सुरु गर्ने भएको प्राधानाध्यापक उदासीले बताए ।
उनले भने, “पहिलादेखि नै मुस्ताङदेखि भेडा च्यांग्राहरु टुँडिखेल आइपुग्थे, तब मात्र हामीलाई दसैं आएको भान हुन्थ्यो, पोखरा आसपासका क्षेत्रबाट हस्तकलाका देखि घरेलु सामान बिक्री र खरिद गर्ने थलोको रुपमा विकसित हुँदै आएको छ ।” बिद्यालय स्थापना भएको २००६ मा भए पनि मेला भने अझै पहिलेदेखि हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले जनाए ।

प्रतिक्रिया दिनुहोस्