निर्धक्क लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्ताहरूलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेको छ । होटल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, उर्जा, सूचना प्रविधि आदि क्षेत्रस“ग सम्बन्धित चिनिया“ लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसर बारेमा नेपाली निजी क्षेत्रस“ग छलफल गर्न महासंघ सचिवालयमा आएको चिनिया प्रमण्डलसँग यस्तो आग्रह गरिएको हो ।
चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओको नेतृत्वमा आएको १२ सदस्यीय चिनिया“ लगानीकर्ताहरूको प्रतिनिधिमण्डलस“ग भएको छलफलमा महासंघका तर्फबाट नेपालमा लगानी गर्न आग्रह भएको छ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै लाभ हासिल गरिरहेका उदाहरण दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चिनिया“ उद्यमीहरूलाई बाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
“लगानीका क्रममा कुनै पनि समस्या आएमा त्यसलाई समाधानगर्न महासंघ तयार छ” वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, “व्यावसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा नेपाल स्थापित भइसकेको छ ।” चिनिया“ लगानीकर्ताहरूस“गको व्यावसायिक छलफलबाट सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुबै देशलाई व्यावसायिक रूपमा अझ बढी प्रगाढ बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बाह्य लगानी आकर्षणका लागि सरकारी नीति नियम उदार रहेको र नेपाल सरकार बाह्य लगानी आकर्षणका गर्न लालायित रहेकाले ढुक्क भएर लगानी गर्न सकिने बताए । लगानीका क्रममा स्थानीय तहमा कुनै समस्या आए त्यसलाई समाधान गर्न सरकार तथा निजी क्षेत्र दुवै तयार रहेको र पछिल्लो पटक अवलम्बन गरिएका नीति नियमले समेत वातावरण अझ सहज बनाएको चिनिया प्रमण्डललाई अवगत गराइयो ।
सो अवसरमा चिनिया“ प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक सिआओले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ताहरू निकै इच्छुक रहेको र नेपालमा लगानीका क्षेत्र र सरकारी नीति नियमका वारेमा जानकारी लिन नेपाल भ्रमणमा आएको बताए । नेपाल सरकार र महासंघस“गको छलफल निकै उपलव्धिमूलक रहेको भन्दै टोलीका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गा प्राप्ति, वन लगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखेका थिए ।
साथै चिनिया“ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न आफूहरू इच्छुक रहेको धारणा राखेका थिए । सोही क्रममा दुवै देशका व्यवसायीहरू बीच क्षेत्रगत रूपमा छुट्टाछुट्टै व्यावसायिक छलफल भएको छ ।
होटल तथा पर्यटन व्यवसायीहरू, कृषि उपज बिक्रीवितरकहरू, सूचना तथा प्रविधि र विद्युत् उर्जा एवं पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नेपालमा लगानीका अवसर, नीतिगत व्यवस्था, स्थानीय साझेदारी लगायतमा छलफल भएको थियो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव, चीनस“ग व्यापार व्यवसाय गर्दै आएका उद्यमी व्यवसायीहरूको समेत सहभागिता रहेको थियो ।