कुमारी क्यापिटल र आराभा नेपाल एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा पनि कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीका अध्यक्ष कृष्णप्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।
इजरायलबाट कृषि सम्बन्धि सीप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकासलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ ।