Logo

खल्तीको क्यास ब्याक अफर

दसैं, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो ।
यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ । यो योजना ३० भदौदेखि १४ कात्तिकसम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्