कर्मठ ऋणतथा ऋण सहकारी संस्थाको साधारणसभा

कर्मठ बचत तथा ऋण सहकारी संस्थाको चौधौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तीर्थकाजी डंगोलले आ.व. २०७८/०७९ को सक्षिप्त वार्षिक प्रगती प्रतिवेदन पेश गरेका छन् । यसै क्रममा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद मानन्धरले १५ प्रतिशते लाभांशसहित आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन र आ.व.२०७९/०८० को अनुमानित बजेट माथि छलफल भई पारीत गरिएको थियो । लेखा समितिका संयोजक सुशीललाल प्रधानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सभामा सेयर सदस्यका छोराछोरीहरुबाट आ.व.२०७८/०७९ मा स्नात्तकोत्तर उत्तीर्ण ५ जना बिद्यार्थी, उकृष्ट कर्मचारी तथा २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।