आइएमई पे र स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनबीच सम्झौता «

आइएमई पे र स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनबीच सम्झौता

आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टीएमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गर्दा आइएमई पेका ग्राहकले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन् ।
डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्