Logo

अवैध लागु औषधसहित ६ जना पक्राउ

नेपाल प्रहरीले अवैध लागु औषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतवार नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा लागु औषध खैरो हेरोईनतर्फ २ जना, नियन्त्रित लागु औषध एम्पुलतर्फ ३ जना र लागु औषध एम्पुल बससहित अन्य एकजना छन् । पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट ईलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो ।
त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागु औषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागु औषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागु औषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बारको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए ।
उनले बरामद लागु औषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताए । उपत्यका लागु औषध खैरो हेरोइन तथा नियन्त्रित लागु औषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्