राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमिपूजन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि संयुक्त रूपमा भूमिपूजन गरेका छन् ।
यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको एक अर्ब अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनामध्येकै एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५वार्षिकोत्सव मनाउन भारत सरकारले घिसारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।
स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनको निर्माण गरिनेछ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।
कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्रै निर्माणकार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै उजले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोसे ढुंगाको रूपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।
यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारीअन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।