सुनको मूल्य १० हजार डलर पुग्न सक्ने «

सुनको मूल्य १० हजार डलर पुग्न सक्ने

कमजोर अवस्थाको डलर, अमेरिका र उत्तर कोरियाबीचको सम्भावित युद्ध तथा डोनाल्ड ट्रम्पमाथिको महाअभियोगले सुनको मूल्य बढ्न सक्ने बहुमूल्य धातुका विज्ञ जिम रिकार्ड्सले बताएका छन् ।
“यो सुनको मूल्यका लागि महत्वपूर्ण वर्ष हुनेछ । हामी मेरो जीवनकालको तेस्रो बुल बजारमा छांै । हामीले धेरै लामो यात्रा तय गर्नु छ,” किट्को न्युजसँगको अन्तर्वार्तामा रिकार्डले बताए ।
डलरको मूल्यमा आउन सक्ने सम्भावित गिरावट, उत्तर कोरियासँग अमेरिकाको युद्ध, चीनसँगको व्यापार युद्ध र राष्ट्रपतिविरुद्धको महाअभियोगलगायत सुनको मूल्य बढ्ने कारण भएको उनले बताए ।
यी घटनाले सुनको मूल्य प्रतिऔंस १० हजार डलरसम्म पु¥याउन सक्छ । गत साता सुनको मूल्य १ हजार ३ सय ७० डलर अर्थात एक वर्षभन्दा बढी अवधिकै उच्चमा पुगेपछि पछिल्ला दिनहरूमा पुनः ओरालो लाग्न थालेको छ । सोमबार यो वस्तु १ हजार ३ सय ४७ डलरमा कारोबार भएको थियो ।
यद्यपि यो वृद्धि वस्तुको मूल्यमा भएको वृद्धिका साथ आएको छ ।
“सुनले तपाईंको क्रयशक्तिको रक्षा गर्छ । तर, यदि सुन ५ हजार डलर कायम भयो भने तेलको मूल्य प्रतिब्यारेल ४ सय डलर हुन सक्छ र सबै वस्तुको मूल्य दोब्बर वा तेब्बर हुन सक्छ । तपाईं वास्तवमै यो अवस्थामा हुनुहुन्न,” रिकार्डले बताए ।
गत साताको वृद्धि अमेरिकी सेक्रेटरी सेक्रेटरी स्टेभेन मुचिनको वक्तव्यसँग सम्बन्धित थियो । उनले लगातार दोस्रो दिनमा पनि अमेरिकी प्रशासन व्यापारमा कमजोर डलरको पक्षमा रहेका बताएका थिए । उनको यो अभिव्यक्तिसँगै सुनको मूल्य तीन वर्षकै न्यूनमा ओर्लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्