ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल «

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिर्ण सोच नराख्न आग्रह गरेका हुन् ।
उनले बोनसको विषयमा फरक रुपमा राजनीतीकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिए । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदासमेत ऋण गरेर भए पनि कर्मचारीहरूलाई तलव खुवाएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताए । उनले सरकारले अझै ७ लाख जनतालाई विद्युत् पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरूले १० प्रतिशत बोनस नै पाउने बताए । मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकाले सबैले सम्मान बोनस दिने बताए ।
उनले सरकारले कर्मचारीहरूको १५ प्रतिशत तलब बढाए पनि मन्त्रीहरूको तलव नबढाएको बताए । मन्त्री भुसालले विद्युत् प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताए । उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरूले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताए ।
मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एकजना भए पुग्ने बताउनु भयो । उनले प्राधिकरणमा आधिकारी रूपमा एउटा युनियन बनाउन आग्रह गरे । उनले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्