Logo

नेपाल र इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

नेपाल र इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको हालै सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो ।
भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशियाबीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना रहेको सरोकारवालाहरुको भनाइ छ ।
दुवै देशका तर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पूरा भइएसकेपनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको छैन । प्राप्त तथ्याकअनुसार दुुई देशबीचको व्यापार घाटा निकै फराकिलो बन्दै गएको छ । इण्डोनेशियासँग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ । सन् २०२१/०२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्ब २४ करोड भन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा इण्डोनेशियन पर्यटक भित्र्याउन सकिने अधिक सम्भाव्यता र आधारहरु रहेको बताए । उनले यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सक्ने बताए ।
महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले अन्तर्राष्ट्रिय मन्चहरुमा पनि दुवै देशको बलियो सहकार्य रहेको बताए । अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको बताए ।
अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यूनिकरण भिजन पेपरका लक्ष्यहरु रहेका यसको कार्यान्वयनमा नेपाल सरकारसँग समेत सहकार्यका लागि सहमति भएको जानकारी दिँदै अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा इण्डोनेशियाले हासिल गरेको सफलता बाँड्न आग्रह गरे ।
“पर्यटन क्षेत्रमा सहकार्यको ठूलो सम्भाव्यता छ” उनले भने, “नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेशियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्युनिकरण गर्ने दिशामा सहयोग गर्न सकिन्छ ।” नेपाल सन् २०२६ सम्म विकासशील मुुलुकमा स्तरोन्ती हुने तयारीमा रहेकाले आर्थिक विकासको प्रयासमा सहयोग गर्न पनि उनले आग्रह गरे ।
आगामी अक्टोवरमा इण्डोनेशियामा हुने ट्रेड एक्सोपोमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा छलफल भएको बताइएको छ । ट्रेड एक्सपोलाई दुुई देशको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न बैठकमा नेपालका लागि इण्डोनेशियाका राजदूत हेरु हर्टान्टो सुवालोले सुझाव दिए ।
व्यापार घाटालाई कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेशिया तयार रहेको भन्दै उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रकाबारे ठोस सुुझाव दिन महासंघलाई अनुरोध गरे । द्रुत आर्थिक विकास गरीरहेको इण्डोनेशिया नेपालको आर्थिक विकासमा आफना अनुुभव आदान प्रदान गर्न लालयित भएको पनि उनले बताए । उनले दुुवैै देशको संयुक्त लगानी मार्फत वस्तु तथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औल्याए ।

प्रतिक्रिया दिनुहोस्