साथीमार्टमा अनलाइन सपिङमा ४० प्रतिशतसम्म छुट

साथीमार्टले देशव्यापी रूपमा दसैं–तिहार अफर ल्याएको छ । मार्टले ‘साथीमार्टको डिजिटल दसैं, क्यासब्याक पनि उपहार पनि’ अभियान सुरु गरेको हो ।
सो अफर ३० भदौदेखि १४ कात्तिकसम्म सञ्चालनमा रहने मार्टले जनाएको छ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सीईओ सागर पोखरेलले जानकारी दिए । यस अभियानअन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइनमार्फत पनि सेवा लिन सक्नेछन् ।
हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । यस्तै, ग्राहकले सपिङ गरेपश्चात् खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुनेछ ।
यो अभियान सकिएपछि ‘लक्की ड्र’मार्फत १० जना भाग्यशाली विजेता छानिनेछन् । जसअन्तर्गत सात प्रदेशका सात जना बिजेताले इलेक्ट्रिक कितली र तीन जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमश: वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुल्हो पाउनेछन् ।
यो अभियानअन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयरलगायत सबैमा लागू हुनुका साथै अनलाइनमा उपलब्ध सामग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ । अनलाइन सपिङका लागि ग्राहकले साथीमार्ट डटकममा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी सहर गरी १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ ।
ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआईसी एसिया, इ–सेवा, फोन–पेलगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।