सांग्रिला मोटर्सको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ ।
दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको कम्पनीको दाबी छ । कम्पनीले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमश: १६.५० लाख र १५.५० लाख रुपैयाँको लाभ प्रदान गरिने जनाएको छ ।
त्यसैगरी, सिट्रोन वा प्यूजो दुवैले आफ्ना ग्राहकलाई सात लाख रुपैयाँ छुट, एक वर्षको नि:शुल्क बीमा, चार महिनाको ब्याजसहित नि:शुल्क ईएमआई र एक वर्षसम्म सडक कर नि:शुल्क उपलब्ध गराउँदै छन् ।
चाडपर्वको अफर सिट्रोनको सी ५ एयरक्रस मोडलमा र प्यूजोको ३००८ अल्यूर डिजेल मोडलका लागि मात्र मान्य रहने कम्पनीले जनाएको छ ।