Logo

एनआईसी एशियाको खातामा रेमिट्यान्स बुझ्नेलाई दक्षिणा

एनआईसी एसिया बैंकले बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा अफर ल्याएको छ ।
बैंकले ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको हो । यसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले १ असोजदेखि ३० कात्तिकसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ । योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।
यो बैंकका मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्