Logo

लालीगुराँस र स्टार बचत तथा ऋण सहकारीबीच मर्जर सम्झौता

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष आरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सहकारी ऐन २०७४, नियमावली २०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अधिनमा रही एकीकरण सम्झौता भएको हो ।
सम्झौता पत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा लालीगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्ष श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ सदस्य रहेका छन् ।
सम्झौता लगत्तै दुई ठूला सहकारीको मर्जर प्रकृया सुरुवात भएको छ ।

प्रतिक्रिया दिनुहोस्