कुमारी बैंकको डिवेन्चर बाँडफाँट

कुमारी बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को बाँडफाँट गरेको छ ।
३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
बैंकले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो ।
उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने जनाएको थियो ।
सर्वसाधारण नेपालीको लागि १७ देखि ३१ भदौसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको थियो ।
रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।