Logo

आइएमई पे र फोनपेबीच सम्झौता

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार क्युआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले हरेक दिन आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन् ।
यसको साथै १४ असोजमा पर्ने आइएमई पेको ‘क्यूआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिकतममा सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नेछन् ।
समझदारीले प्रयोगकर्तालाई चाडपर्वको किनमेल गर्न सहजता पुर्‍याउनुका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्