इसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।
एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो । यो अभियान ७ असोजबाट सुरु भएर ६ फागुन २०७९ सम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो ।
साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सकिनेछ । साथै, विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोही ले पनि सहभागिता जनाउन सकिनेछ । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधासम्पन्न घर प्राप्त गर्न सक्नेछन् ।
इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न नसक्ने बताए । इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोवारका लागि समर्पित रहिआएको छ ।
मेरो डिजिटल देश अभियानमा नायक राजेश हमालसमेत जोडिएको कम्पनीले जनाएको छ । अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गई उनले डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवद्र्धनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।